हेड्स नेपालको गण्डकी प्रदेश अभियान: विपन्न तथा गरिब परिवारका विद्यार्थीलाई सहयोग

पाेखरा | पुस २१, २०८२

हेड्स नेपालको गण्डकी प्रदेश अभियान: विपन्न तथा गरिब परिवारका विद्यार्थीलाई सहयोग

पोखरा:  परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गरिरहेको छ । 


संस्थाले पुस महिनामा मात्र तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो । 


यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।


स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताए ।


वन्तका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको उनले जानकारी दिए ।


स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।
 

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्